ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसमनको क्यान्सरका कारण निधन

 

अमेरिकी अभिनेता चाडविक बोसमनको ४३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । ४ वर्षदेखि क्यान्सरबाट पीडित बोसमनको लस एन्जलसमा रहेको आफ्नै घरमा निधन भएको समाचार संस्था एपीले जनाएको छ । बोसमनले सार्वजनिक रुपमा आफ्नो रोगबारे भने बताएका थिएनन् ।

‘ब्ल्याक प्यान्थर’ चलचित्रमा निभाएको ‘टी’चाला’को भूमिकाका लागि बोसमनको निकै प्रशंसा भएको थियो ।

त्यस्तै ‘क्याप्टेन अमेरिका स् सिभिल वार’, ‘फोर्टी टु’, ‘एभेन्जर्स स् इनफिनिटी वार’ लगायतका चलचित्रमा उनले महत्वपूर्ण भूमिका निभाएका छन् ।

साउथ क्यारोलाइनमा जन्मिएका बोसमन सन् २०१३ मा फिल्मी उद्योगमा प्रवेश गर्नुभन्दा पहिले टेलिभिजनमा स–साना भूमिकामा अभिनय गर्थे । सन् २०१३ मा बनेको चलचित्र ‘फोर्टी टु’ मा उनले बेसबल स्टार ज्याकी रोबिन्सनको भूमिका निभाएका छन् ।

मेजर लिग बेसबलले ‘ज्याकी रोबिन्सन डे’ मनाइरहेकै दिन अभिनेता बोसमनको निधन भएको छ ।

१३ भदौ २०७७, शनिवार ०८:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु