कोरोना अपडेट : थप १२ को मृत्यु, ९२७ संक्रमित
कोरोना भाइरस कोभिड १९ बाट नेपालमा शुक्रबार एकै दिन आज १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ४ महिला र ८ जना पुरुषको सङक्रमणको कारणबाट मृत्यु भएको जानकारी दिए ।
उनका अनसार सङक्रमणबाट मृत्यु हुनेमा मारङ, भक्तपुर, मकवानपुर, उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका रहेका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९५ पुगेको छ ।
९२७ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
प्रवक्ता गौतमका अनुसार नेपालमा आजसम्ममा ३६ हजार ४५६ संक्रमित रहेको र संक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ।
आज १० हजार २२९ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।
प्रवक्ता गौतमका अनुसार आजसम्मा नेपालमा ६ लाख ५८ हजार ११० जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या २० हजार २४२ पुगेको छ।
१२ भदौ २०७७, शुक्रवार १६:२५ बजे प्रकाशित