बलात्कार आरोपमा पक्राउ परेका वडाध्यक्ष कारागार चलान
बलात्कार आरोपमा पक्राउ परेका गोरखाको पालुङटार नगरपालिका वडानम्बर ४ का अध्यक्ष ठाकुरकान्त रानाभाट कारागार चलान भएका छन् ।
रानाभाटलाइ बिहीबार जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकाले कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको हो ।
१५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा रानाभाटलाई प्रहरीले गत साउन १६ गते पक्राउ गरेको हो । उनीविरुद्ध जवरजस्ती करणी शीर्षकका मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको थियो ।
११ भदौ २०७७, बिहीवार १९:२५ बजे प्रकाशित





