एकाबिहानै काठमाडौंमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

कोरोना संक्रमण्काा कारण काठमाडौं उपत्यकामा थप एक जनाको मृत्यु भएको छ।

ललितपुरस्थित पाटन अस्पतालमा बिहीबार बिहान ललितपुरकै कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको हो।

आईसीयूमा उपचाररत उनको बिहान ६ बजेतिर मृत्यु भएको पाटन अस्पताल प्रशासन स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।

उनको शव अहिले नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको छ

११ भदौ २०७७, बिहीवार ०९:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु