क्लासिक फेसबुक बन्द हुँदै
विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले आगामी सेप्टेम्बरदेखि अहिले चलिरहेको लेआउट बन्द गर्ने भएको छ ।
नयाँ लेआउटलाई परीक्षण गरिरहेको फेसबुकले सेप्टेम्बरदेखि अहिले चलिरहेको लेआउट बन्द गर्ने भएको हो ।
नयाँ डार्क मोडसहितको लेआउट तयार गरेर परीक्षण गरिरहेको फेसबुकले अहिले विकल्पका रुपमा नयाँ र पुरानो दुबै लेआउटलाई प्रयोगमा ल्याएको छ ।
तर, आगामी सेप्टेम्बरदेखि पुरोनो लेआउट पूर्ण रुपमा बन्द गर्ने फेसबुकले तयारी गरेको छ ।
नयाँ लेआउटमा प्रयोगकर्ताको सुझावसमेतलाई आधार बनाएर सुधार गरेको भन्दै फेसबुकले पुरानो लेआउट बन्द गर्ने तयारी गरेको हो । अहिले क्लासिक आवरणमा फेसबुक चलाइरहेकाहरुलाई फेसबुकले अब हुने परिवर्तनका विषयमा जानकारी पनि गराइरहेको छ ।
६ भदौ २०७७, शनिवार १५:०३ बजे प्रकाशित




