विप्लव नेकपा र सत्तारुढ नेकपाबीच पार्टी एकताको चर्चा

ओली र प्रचण्ड दुबै विप्लव फकाउँदै !

सरकारबाट प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकताको चर्चा भएको छ ।

सत्तारुढ दल नेकपा आन्तरिक विवादमा रहेका बेला यस्तो चर्चा सत्तारुढ नेकपाका नेता कार्यक्रताले नै चलाएका छन् । खासगरी पूर्व माओवादी खेमाका नेता कार्यक्रताले विप्लव नेतृत्वको नेकपा र सत्तारुढ नेकपाका बीचमा एकताको चर्चा चलाएका छन् ।

यसअघि पटक-पटक यस्तो प्रयास भएको थियो ।

यसभन्दा पहिले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै विप्लव समुहलाई नेकपामा मिलाउने प्रयन्त्र गरेका थिए । त्यही प्रयत्नका बेला सिके राउत नेतृत्वको पार्टी भूमिगत राजनीतिबाट शान्तिपूर्ण राजनीतिमा आएको थियो । तर, विप्लव समुह आएन ।

अहिले पनि प्रधानमन्त्री ओलीका तर्फबाट विप्लव समुहसँग वार्ता गर्ने जिम्मा सोम प्रसाद पाण्डले लिएर बसेका छन् । पाण्डेले बेला बेलामा विप्लव समुहसँग कुराकानी हुने गरेको बताउने गरेका छन् ।

पछिल्लो समय फेरी विप्लव समुह र सत्तारुढ नेकपाबीच एकताको चर्चा नेकपाभित्र चलाइएको छ ।

‘अब प्रचण्ड र बिप्लव एउटै मञ्चमा देखिनेछन्’

सत्तारुढ नेकपाका नेता सोम प्रसाद पाण्डेका अनुसार उनले सरकारको तर्फबाट वार्ता गर्ने जिम्मेवारी पाएको भए पनि विप्लव समुहसंगै भेट गर्न भने पाएका छैनन् ।

बेला बेला केही नेताहरुसँग भेट गरेको भएपनि विप्लव समुहसँग भेटेर कुरा गर्न नपाएको पाण्डेको भनाई छ ।

ओली र प्रचण्ड दुबै विप्लव फकाउँदै !

अझ रोचक के छ भने सत्तारुढ नेकपाका एक अध्यक्ष ओलीले विप्लवसँग वार्ता गर्न सोम प्रसाद पाण्डेलाई खटाएका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमार्फत प्रतिबन्धित पार्टीका नेता कार्यकर्ताले सेफल्यान्डिङका विषयमा कुरा चलाइरहेका छन् ।

तर, प्रचण्ड कुनै पनि हालतमा विप्लवकै नेतृत्वमा पार्टी समाहित हुनुपर्छ भन्ने सन्देश दिइरहेका छन् ।

विप्लवकै नेतृत्वमा पार्टी समाहित गर्ने काममा पूर्व सभामुख कृष्ण बहादुर महराले पनि भूमिका खेलिरहेको कतिपयको भनाई छ । महराले दाङ गएका बेला विप्लवसँग भेट गरेको पनि चर्चा छ ।

जे भएपनि विप्लव समूहलाई नेकपामा प्रवेश गराउनका लागि प्रचण्डले वार्ता जारी राखेका छन् ।

केही दिन अघि एउटा टेलिभिजन अन्र्तवार्तामा पनि उनले मोहन बैद्य, बाबुराम र विप्लव एक हुनुपर्ने बताएका थिए ।

त्यसपछि विप्लव समुह नेकपामा समाहित हुन लागेको चर्चा अझ बढेको हो ।

प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिन पर्दैन : प्रचण्ड

तर, विप्लव समूह ससंकित

तर, विप्लव सत्तारुढ नेकपा र नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डसँग ससंकित छन् ।
वार्तामा बसौं भन्ने र आफ्ना नेता कार्यकर्तामाथि कारबाही र पक्राउमा उत्रने सरकारको द्धैद्ध राण्नीति रहेको भन्दै विप्लव आफैँ वार्ता वा भेटमा तम्सिएका छैनन् ।

अर्कोतर्फ पक्राउ परेका कतिपय नेताहरु पार्टी छाडी सत्तारुढ नेकपामा प्रवेश गर्दा पनि विप्लव आफैँ ससंकित रहेको बताइन्छ ।

हिंसात्मक गतिविधिमा सक्रिय भएको भन्दै सरकारले विप्लव समूहमाथि प्रतिवन्ध लगाएको छ । वार्ताका लागि प्रतिवन्ध फुकाउने र आफ्ना पक्राउ परेका नेता कार्यक्रता बिना शर्त रिहाइ हुनुपर्ने विप्लवको शर्त छ ।

विप्लव ससंकित हुनुको कारण रहेको बताउँछन सत्तारुढ नेकपाकै कतिपय नेता कार्यक्रतहरु,  जस्तो– प्रहरी इन्काउन्टरमा कुमार पौडेल मारिए । अन्य कार्यकर्ता पनि मुठभेडमा मारिएका छन् ।

प्रहरीसँग रहेको रिपोर्टअनुसार एक बर्षको दौरानमा मात्र विप्लव समूहमा एक हजार २ सय जना पक्राउ परेका छन् । जसमा एक हजार १ सय १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । १३९ जनालाई त कारागार नै चलान गरिएको छ ।

प्रहरी विशेष सूचनाअनुसार एक बर्षको अवधिमा झन्डै एक हजार जनाले विप्लव नेतृत्वको पार्टी परित्याग पनि गरिसकेका छन्

त्यसअघि स्थायी समिति सदस्य सुदर्शन ओलीसहितका कतिपय प्रभावशाली नेता पक्राउ गरिए ।

सोही क्रममा दाङको राजपुर गाउँपालिका-४ बाट विप्लवका दाजु मध्य पश्चिमाञ्चल कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द पक्राउ गरिए ।

सुराकी गर्ने जनप्रतिनिधिको शिर छेदन गर्ने विप्लव समुहको चेतावनी

यसले उक्त समूहलाई ठूलो धक्का लागेको रिपोर्ट प्रहरीले गृह मन्त्रालयलाई बुझाइसकेको छ ।

यस्तै राप्ती व्युरो इन्चार्जलगायत २१ जनालाई एकै ठाउँमा पक्राउ गरी कारबाही चलाइएको थियो । विप्लव समूहबारेका धेरै सूचना राज्यसँग रहेको र चाहेको बेला पक्राउ गरी कारबाही चलाउन सक्ने विषयमा उक्त समूहमा बेलामौका छलफल समेत हुने गरेको छ ।

त्यसो त पदम राईलगायतका नेताहरुले नै पार्टी छाडी नेकपा प्रवेश गरेको, पूर्व केन्द्रीय सदस्य गुणराज लोहनीसहितलाई प्रहरीले पक्राउ गरेको जस्ता विषयलाई लिएर विप्लव ससंकित रहेका बताइन्छ ।

५ भदौ २०७७, शुक्रवार १६:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु