गण्डकीमा प्रदेशमा थपिए ६ जना कोरोना संक्रमित

पोखरा महानगरपालिकाका तीन जनासहित गण्डकी प्रदेशमा बिहीबार बिहान थप ६ जनामा कोरोना भाइरस कोभिड(१९०को संक्रमण देखिएको छ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये कास्कीका तीन, तनहुँका दुई र स्याङ्जाका एक जना छन्।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ का १४ वर्षीय बालक तथा १६ वर्षीय युवती र वडा नम्बर ८ का ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ।

यस्तै, तनहुँको भानु नगरपालिकाका २८ र ३७ वर्षीय पुरुष र स्याङ्जाको गल्याङ नगरपालिकाकी ४० वर्षीय महिला कोरोना संक्रमित भएका छन्।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा उनीहरुलाई कोरोना संक्रमण देखिएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ। निर्देशनालयका अनुसार गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ हजार ८१८ पुगेको छ।

४ भदौ २०७७, बिहीवार ११:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु