तनहुँमा पहिरोले पाँच घर पुरिए, दुई जनाको मृत्यु

१७ असार, तनहुँ । बन्दीपुर गाउँपालिका–३ तामुङमा बुधबार राति पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
पहिरोले पाँच घर पुरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।
उनका अनुसार मृत्यु हुनेमा करिब ७० वर्षीया हरिमाया बसेल र करिब ३० वर्षीया सरस्वती थापा छन् ।
पहिरोमा बेपत्ता उनीहरूको शव बिहान भेटिएको अध्यक्ष थापाले जानकारी दिए । पहिरोमा तीन जना घाइते भएका छन् ।
‘पहिराले घर पुरिएपछि स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ,’ थापाले भने ।
यस्तै चुँदी खोलामा आएको बाढीले डुम्रे स्वास्थ्य चौकी र तल्लो डुम्रे क्षेत्र डुबानमा परेका छन् ।
बाढी प्रभावितलाई उद्धारकार्य भइरहेको थापाले जानकारी दिए ।
१७ असार २०७८, बिहीवार १३:२३ बजे प्रकाशित