मेलम्चीमा पानीको बहाव घट्यो

३ असार, काठमाडौं । मेलम्चीमा बिहीबार बिहान पानीको बहाव घटेको देखिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । उनका अनुसार बुधबार साँझ पानीको सतहत बढेको थियो । तर हाल पानीको वहाव घटेर डुबेका घरहरु पनि देखिन थालेको उनले बताए ।

घटनामा प्रभावित बनेकाहरुलाई टेन्टमा राखिएको छ । मेलम्चीका ६ सय र हेलम्बुका ३ सय जना सुरक्षित स्थानमा छन् । प्रशासनले खोजी, उद्दार तथा राहतका लागि दुई वटा कमाण्ड पोस्ट बनाएर काम गरिरहेको छ ।

एउटा पोष्ट प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा मेलम्चीमा छ, जसले अपरेशनल काम गरिरहेको छ । चौतारामा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालको नेतृत्वमा भएको अर्को कमाण्ड पोष्टले प्रत्येक पालिका र वडासँग सम्पर्क गरेर विवरण संकलन गरिरहेको छ ।

पानीको वहाव कम भएसँगै प्रभावित क्षेत्रमा राहत लिएर जाने पनि बढ्न थालेका छन् । तर आफू खुशी राहत बाँड्दा वास्तविक पीडितले नपाउने समस्या देखिन सक्ने पोखरेलले बताए ।

‘कसैले पाएको पायै गर्ने कोही भोकै हुने स्थिति आउन सक्छ’ उनले भने, ‘त्यसैले जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरेर मात्र राहत बाँड्नु हुन अनुरोध छ ।’

राहत आवश्यकता भएकाहरुको विवरण समितिले राखेको उनले बताए ।

३ असार २०७८, बिहीवार ०९:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु