चौथो महिला साफ च्याम्पियनसीपका लागि ७२ मध्येबाट ४२ खेलाडी छनौट

anfa-jpg-pagespeed-ce_-1ljj8v-5ffकाठमाडौँ ।  अखिल नेपाल फुटबल संघ एन्फाले आसन्न चौथो महिला साफ च्याम्पियनसीपका लागि ७२ मध्येबाट ४२ खेलाडीको छनौट गरेको छ ।प्रमुख प्रशिक्षक कुमार लामा, राष्ट्रिय टोलीका टेक्निकल एनालिष्ट चियाकी ताकेदा, एन्फा प्रशिक्षक सुनिल श्रेष्ठ, मृगेन्द्र मिश्र र अस्मिता खवासको टोलीले प्रारम्भिक छनौटमा परेका ७२ मध्येबाट ४२ खेलाडी छनौट गरेको हो ।
एन्फाले छिट्टै ४२ बाट घटाएर ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने जनाएको छ । आउँदो डिसेम्बर २६ देखि भारतमा हुने प्रतियोगितामा नेपाल श्रीलंका, माल्दिभ्स र भुटानसँगै समूह ए मा परेको छ । समूहको पहिलो खेलमा नेपालले भुटानसँग डिसेम्बर २६, माल्दिभ्ससँग डिसेम्बर २८ र श्रीलंकासँग डिसेम्बर ३० मा प्रतिस्पर्धा गर्नेछ ।  नेपाल साफ च्याम्पियनसीपको साविक उपबिजेता हो ।

७ मंसिर २०७३, मंगलवार १६:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु