रअ प्रमुखले सुटुक्क भेटे माधव नेपाललाई, प्रधानमन्त्री बनाइदिने आश्वासन

भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनेलिसिस विङ रअका प्रमुख सामन्तकुमार गोयलले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालसँग सुटुक्क भेटेको खबर छ ।

भेटमा रअ प्रमुखले नेपाललाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने आश्वासन दिएको जनाइएको छ ।

भारतका सेनापति एम एस नरवाणेको नेपाल भ्रमणको दुई हप्ता अघि खुफिया एजेन्सी रिसर्च एन्ड एनेलिसिस विङ रअका प्रमुख सामन्तकुमार गोयलले विशेष विमानबाट आए । प्रायः खुसुक्क आउने खुफिया एजेन्सीका अधिकारीहरुभन्दा गोयल फरक तरिकाले आए ।

गोयल आएकै दिन राष्ट्रिय सुरक्षा परिषद्को बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले डाके । उनले बैठक डाक्नु संयोग मात्र नहुनसक्ला ।

भारतको सुरक्षा मामला हेर्ने रअ प्रमुख गोयलको भ्रमण हुनु र सेनापति नरवाणेको भ्रमण तय हुनुलाई अर्थपूर्ण मान्नुपर्छ । त्यसमाथि यी भ्रमणहरु भारतको नेपालसँग सीमामा समस्या बढ्दा हुँदैछ । पछिल्लो समय अमेरिका, भारत, जापान र अष्ट्रेलिया रहेको क्वाड समूहको सक्रियता बढ्दै जाँदा समुन्द्र देखि हिमालसम्म प्रभाव पर्ने निश्चित छ । चीनसँग क्वाड देशहरुले चुनौती प्रस्तुत गरिसकेका छन् ।

६ कात्तिक २०७७, बिहीवार ०९:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु