घोप्टेभिरमा बस दुर्घटना, ३१ जना घाइते

धादिङ, भदौ २७ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारस्थित घोप्टेभिरमा यात्रुबाहक बस दुर्घटना हुदाँ ३१ जना घाईते भएका छन् ।
घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाईतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
काठमाडौंबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको लु १ ख ६६२३ नम्बरको बस सोमबार राती २ बजे तीब्र गतिका कारण आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । बसमा ४४ यात्रु सवार थिए ।
२७ भदौ २०७४, मंगलवार ०२:०१ बजे प्रकाशित