यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

काठमाडौं । आफ्नो प्रोफाइल लक गरेर फेसबुक अकाउन्टको गोपनीयता बढाउन चाहनुहुन्छ रु यदि तपाईंले आफ्नो प्रोफाइल लक गर्नुभयो भने तपाईंको फेसबुक साथी नभएका मानिसहरुले तपाईंको प्रोफाइलको सीमित कुरा मात्रै देख्न पाउँछन् ।
प्रोफाइल लक गरिसकेपछि तपाईंको फेसबुक टाइमलाइनका फोटा तथा पोस्टहरु, प्रोफाइल पिक्चर तथा कभर फोटो, स्टोरिज तथा नयाँ पोस्टहरु केबल तपाईंको फेसबुक साथीले मात्रै देख्न पाउँछन् । र, तपाईंले फेसबुकमा गर्ने पब्लिक पोस्टहरु पनि पूर्णरुपमा सार्वजनिक नभई केवल फेसबुक फ्रेण्डहरुले मात्र देख्न पाउँछन् ।
यदि तपाईंले आफ्नो फेसबुकलाई माथि उल्लेख गरिएअनुसार गोप्य राख्न चाहनुहुन्छ र केवल आफ्ना साथीहरुमाझ मात्रै आफूलाई प्रदर्शन गर्न चाहनुहुन्छ भने प्रोफाइल लक गर्नु उपयुक्त विकल्प हो ।
तपाईंले मोबाइल एप र ब्राउजर दुबैबाट फेसबुक प्रोफाइल लक गर्न सक्नुहुन्छ । तर फेसबुकको डेस्कटप भर्सनमा भने प्रोफाइल लक गर्ने अप्सन छैन । मोबाइल एपमध्ये पनि एन्ड्रोइड एपमा मात्र प्रोफाइल लक गर्ने सुविधा प्राप्त छ ।
तपाईंले आफ्नो फेसबुक प्रोफाइल लक यसरी गर्न सक्नुहुन्छ
एन्ड्रोइड मोबाइल एपबाट फेसबुक प्रोफाइल लक गर्नका लागि
फेसबुक एप खोलेर आफ्नो प्रोफाइलमा ट्याप गर्नुहोस्
ब्मम तय क्तयचथ मेन्युको छेउँमा रहेको तिनवटा थोप्लायुक्त आइकनमा थिच्नुहोस्
त्यहाँ ीयअप एचयाष्भि नामक अप्सन देखा पर्दछ, त्यसमा थिच्नुहोस्
अर्को पेज प्रोफाइल लक फिचरले कसरी काम गर्दछ रु भन्ने विवरण सहित
पिँधमा ीयअप थ्यगच एचयाष्भि अप्सन देखिन्छ, त्यसमा ट्याप गर्नुहोस्
त्यसपछि थ्यग ीयअपभम थ्यगच एचयाष्भि को पपअप देखा पर्दछ, जसमा क्लिक गर्नुहोस् ।
डेस्कटपबाट कसरी प्रोफाइल लक गर्ने
फेसबुकको प्रोफाइल लक फिचर डेस्कटप ब्राउजरमा उपलब्ध छैन । तर यसका लागि एउटा घुमाउरो काइदा अपनाउन सकिन्छ ।
युआरएलमा प्रोफाइल आइकनमा क्लिक गरी धधध लाई हटाएर m टाइप गर्नुहोस्।
त्यसपछि फेसबुकको युआरएलमा m।ाबअभदययप।अयmरथयगचउचयाष्भिलबmभ आउनेछ । यो भनेको डेस्कटप ब्राउजरमा पनि मोबाइल भर्सनको फेसबुक चलाउनु हो ।
जहाँ तपाईंले भ्मष्त एचयाष्भि अप्सनमा तीनवटा थोप्ला भएको मेन्यू देख्न सक्नुहुन्छ ।
उक्त तीनवटा थोप्ला भएको मेन्यूमा रहेको ीयअप एचयाष्भि अप्सनमा क्लिक गर्नुहोस् ।
एन्ड्रोइड भर्सनमा जस्तै प्रोफाइल लकका विषयमा केही जानकारीहरुसँगै ीयअप थ्यगच एचयाष्भि नामक अप्सन देखा पर्दछ, जसमा क्लिक गर्नुपर्दछ ।
यति गरिसकेपछि तपाईंको फेसबुक प्रोफाइल लक हुन्छ ।
यदि तपाईंले लक गरिएको आफ्नो फेसबुक प्रोफाइल खोल्न अर्थात् अनलक गर्न चाहनुहुन्छ भने मोबाइल एप र डेस्कटपका लागि प्रक्रिया एउटै हो । माथि उल्लेख गरिए अनुसार ीयअप एचयाष्भि अप्सनको साटो ग्लयिअप एचयाष्भि अप्सन देखिन्छ, र त्यसमा रहेको ग्लयिअप मा थिचेर वा क्लिक गरेर आफ्नो फेसबुक प्रोफाइल अनलक गर्न सकिन्छ ।
–एजेन्सीको सहयोगमा
२१ माघ २०७८, शुक्रवार ००:१६ बजे प्रकाशित