फेसबुकले थाल्यो नेपालका सार्वजनिक स्थलमा फ्रि-वाइफाइ सेवा

फेसबुकले नेपालमा ‘एक्सप्रेस-वाइफाइ’ सेवा सुरु भएको घोषणा गरेको छ ।

इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकसँगको सहकाय गर्दै फेसबुकले नेपालका ७ हजार ५०० स्थानमा निःशुल्क एक्सप्रेस वाइफाइ थालेको बताएको हो ।

बिहीबार भएको पत्रकार सम्मेलनमा वर्ल्डलिंकले नेपालका सार्वजनिक स्थानमा यस्ता सेवा उपलब्ध हुने बताएको छ ।

फेसबुकले यस्तो वाइफाइ सेवाका लागि अन्य देशमा रहेका स्थानीय इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्छ । एसियामा छनोट भएका भारत र नेपालमा फेसबुकले यसप्रकारको सेवा थालेको छ । सस्तो, भरपर्दो र उच्च गतिको सार्वजनिक वाइफाइ प्रदान गर्न दुई कम्पनीबीचको सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने दावी गरिएको छ ।

यो सेवाका लागि वर्ल्डलिंकलाई फेसबुकले पूर्वाधासहित आवश्यक उपकरण उपलब्ध गराउनेछ ।अब निःशुल्क वाईफाईका लागि एक्सेस प्वाइन्ट, नेटवर्क र ब्यान्डविथ कम्पनीको भएपनि फेसबुकले सफ्टवेयर प्लेटर्फम उपलब्ध गराउनेछ ।

अब पहिलेजस्तो एकपटक नेटवर्कमा कनेक्ट भएपनि पटक(पटक कोड राखेर कनेक्ट हुनपर्ने छैन । यसरी कम्पनीले १५ मिनेटदेखि दुई घण्टाको सीमा तोकेर निःशुल्क वाइफाइ सुविधा दिनेछ । तोकिएको अवधि सकिएपछि फेरि कनेक्ट गर्न सकिनेछ ।

वर्ल्डलिंकका सीईओ केशव नेपालले फ्रि वाइफाइ सेवा यसअघिबाटै दिइँदै आएपनि अब फेसबुकसँगको सहकार्यबाट सेवा प्रभावकारी बन्ने बताए । कम्पनीले हाल देशभर १० हजार स्थानमा सार्वजनिक वाईफाई उपलब्ध गराइरहेको छ ।

यस्ता वाईफाइमा केवाईसी अनिवार्य भने छ । कम्पनीले यो परियोजनालाई सामाजिक उत्तरदायित्व अन्तरगत राखेर प्रवर्द्धन गरिरहेको छ ।

अब यस्ता सार्वजनिक वाइफाइ स्पटमा एकपटक कनेक्ट भएपछि अन्य स्थानमा वाइफाइमा स्वतः कनेक्ट हुने गरी सेवा विस्तार भएको छ ।

यस्तो वाइफाइमा जोडिन आफ्नो मोबाइल नम्बर राख्नुपर्छ । मोबाइलमा कोड आएपछि त्यसबाट सेवामा दर्ता हुन सकिन्छ । लोकल नम्बर नभए ह्वाट्सएप नम्बर पनि प्रयोग गर्न सकिने छ ।

कम्पनीले देशका ३० हजार ठाउँमा यस्तो सेवा विस्तार गर्ने लक्ष्य पनि राखेको छ । अब ग्रामीण भेगलाई प्राथमिकतामा राख्ने योजना छ ।

फेसबुकका ग्रोथ म्यानेजर अमित सिंहले फोरजी नेटवर्कमा यस्ता सेवाले चाप घटाउने बताए । उच्च गतिको इन्टरनेट सेवका पाउन एक्सप्रेस वाइफाइले सघाउने उनको भनाइ छ । यो सेवाका लागि फेसबुकले वर्ल्ड लिंकलाई क्लाउडमा आधारित सफ्टवेयर सिस्टम उपलब्ध गराएको छ ।

वर्ल्डलिंकका प्रबन्ध निर्देशक दिलीप अग्रवालले सुरुआतबाटै कम्पनीले जनतालाई अनेकन किसिमबाट स्तरीय सुविधा दिन खोजको बताए । सरकारले आईएसपीलाई छुट्याएको फ्रिक्वेन्सी उपलब्ध गराए कम्पनीले डाटा सेवा पनि थाल्ने बताए ।

अब फेसकुकको सफ्टवेयर सिस्टमबाट सार्वजनिक वाइफाइ सेवा अझ प्रभावकारी बन्ने उनको दावी छ ।

२३ असोज २०७७, शुक्रवार १३:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु