सरकारले खटायो वीरगञ्जमा उच्चस्तरीय स्वास्थ्य टोली

सरकारले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली खटाएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो ।

पछिल्लो समयमा वीरगञ्जमा संक्रमितको संख्या अत्यधिक देखिएको छ । यहाँ साउन महिनामा मात्र १० जना भन्दा धेरैको मृत्यु भइसकेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आवश्यकता परेमा अन्य ठाउँमा पनि उच्च स्तरीय टोली खटाइनेछ ।

१८ साउन २०७७, आइतवार १६:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु