सामाजिक सञ्जालमा भाइरल सुनिल छिदालको पहिलो गीत सार्वजनिक (भिडियो सहित)
काठमाडौं,सामाजिक सञ्जालमा भाइरल बनेका सुनिल छिदालको पहिलो आधुनिक गित मेरो सपना ले सार्वजनिक भएको छ ।
उत्तः गित अहिलेसम्म २ लाख ९ हजार २३७ पटक हेरिएको छ । गीतलाई १८ हजारले लाइक गरेका छन् । गायक तथा संगीतकार कर्ण सन्ज्याल को शब्द तथा संगीत रहेको गितलाइ तरंग डिजिटल रेकर्डिङ स्टुडियो ले बजारमा ल्याएको हो । गितमा चर्चित गायक जय देवकोटा र टिना श्रेष्ठको अभिनय रहेको छ ।
भारतमा सेक्युरिटी गार्डकोरुपमा काम गर्दै आएका सुनिलले आफ्नो फेसबुकमा गित गाएर राखेपछी उनि एकाएक सामाजिक सञ्जालमा भाइरल भएका थिए ।
उनको फेसबुकमा राखेको गित र स्वर सुनिसकेपछी गायक तथा संगीतकार कर्ण सन्ज्याल ले गायक देवकोटा स्टुडियो परिवार संगको सल्लाह बमोजिम मेरो सपना नामक गित रेकर्ड को ब्यबस्थापन गरेका हुन । भिडियोलाई निर्देशन रोजल थापा ले निर्देशन गरेका हुन भने क्यामरा करन चैसिरले चलाएका हुन ।
२८ असार २०७५, बिहीवार १४:१८ बजे प्रकाशित













