आजपाले आन्दोलन अघि बढाउने,  अन्तरिम सरकार गठन गर्न दबाब 

आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ ।

पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा सम्पन्न बैठकले मुलुकको वर्तमान संकट समाधान, जनआन्दोलनलाई नयाँ चरणमा अघि बढाउने, अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने तथा पार्टीको संगठनात्मक संरचना पुनर्गठन गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकले अध्यक्ष प्रभु साहद्वारा प्रस्तुत ‘फेक शासनको भण्डाफोर गरौँ, जनआन्दोलनको दिशामा अघि बढौँ’ भन्ने मूल नारासहितको १८ पृष्ठ लामो राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । प्रतिवेदनमा वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै देशमा देखिएका संकटको निकासका लागि पार्टीले राजनीतिक तथा संगठनात्मक रूपमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

‘फेक शासन, असंवैधानिक सरकार, निरीह राज्य, निराश जनता तथा सत्तारूढ दलभित्र देखिएको आन्तरिक कलहका कारण देशको भाग्य र भविष्य अन्धकारमय सुरुङमा फस्ने त होइन भन्ने आशंका बढ्दै गएको छ । गलत संवैधानिक व्यवस्था र कमजोर नेतृत्वका कारण राष्ट्रिय स्वाधीनता, अर्थतन्त्र तथा लोकतन्त्र निरन्तर संकटमा पर्दै गएका छन् । यस्तो अवस्थामा देशलाई संकटबाट जोगाउन सिस्टम सुधार आजको अपरिहार्य आवश्यकता बनेको छ । यही ऐतिहासिक दायित्व पूरा गर्न हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकले अन्तरिम संविधानसहित अन्तरिम सरकारको मागलाई अघि सारेको छ,’ आजपा प्रवक्ता सुभाष साहले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरी गलत संवैधानिक व्यवस्थाका कारण राष्ट्रिय स्वाधीनता, अर्थतन्त्र र लोकतन्त्र संकटमा पर्दै गएको निष्कर्ष निकाल्दै पार्टीले यसअघि उठाउँदै आएका जनसंघर्ष तथा तेस्रो जनआन्दोलनका मुद्दालाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी पुनर्गठन

बैठकले पार्टीको केन्द्रीय कमिटीसमेत पुनर्गठन गरेको छ । पुनर्गठित संरचनाअनुसार प्रभु साह अध्यक्षमा कायम छन् भने तिलक थापा मगर सह–अध्यक्ष तथा आत्माराम प्रसाद साह, रीतादेवी साह, समिना हुसेन, अशोककुमार लामा, बिल्टु यादव र धनकुमारी मगर उपाध्यक्षमा रहेका छन् ।

त्रिभुवन साहलाई महासचिव र सियाराम कुशवाहा, उमेश कुशवाहा, देवी पण्डित रेग्मी, लालबाबु मन्सुरी, रञ्जुकुमारी साहलाई उपमहासचिवको जिम्मेवारी दिइएको छ । प्रवक्ताको जिम्मेवारी सुभाष प्रसाद साहलाई दिइएको छ भने पासाङ तामाङ, लखिन्द्र साह, राधेश्याम साह, जुरीलाल मोची, नरेश तुरहा, शिवप्रसाद गौतम, बिजय यादव सचिव तथा श्रीभगवान पटेल र ठागा दास सहसचिवको जिम्मेवारी दिइएको छ ।

प्रदेश र संगठनमा नयाँ जिम्मेवारी

बैठकले विभिन्न प्रदेशको इन्चार्ज, सह–इन्चार्ज तथा अध्यक्षको जिम्मेवारीसमेत तोकेको छ । कोशी प्रदेशमा जुरिलाल मोची इन्चार्ज, बद्री पासवान सहइन्चार्ज र खगेन्द्र भण्डारीलाई अध्यक्षको जिम्मेवारीमा छन् । मधेशमा आत्माराम साह इन्चार्ज र उमेश कुशवाहा अध्यक्ष, बागमतीमा धनकुमारी मगर इन्चार्ज र देवी पण्डित रेग्मी अध्यक्ष, गण्डकीमा शिवप्रसाद गौतम इन्चार्ज, भोजराज त्रिपाठी र हरि थापा सहइन्चार्जकासाथै सन्तोष शाहलाई अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशको इन्चार्जमा बिजय यादव सहइन्चार्जमा राधेश्याम गुप्ता, र अध्यक्ष शालिग्राम पाठक, कर्णाली प्रदेशको इन्चार्जमा श्रीभगवान पटेल र अध्यक्षमा राम विष्ट रहेका छन् । सुदुरपश्चिम प्रदेशको इन्चार्जमा विसुन सिंह बोहरा सहइन्चार्जमा रुपा चौधरी र अध्यक्षमा केबी सागर राउत, काठमाडौं उपत्यका विशेष कमिटीको इन्चार्जमा तिलक थापामगर र अध्यक्षमा पासाङ तामाङ, जबस विशेषको इन्चार्जमा त्रिभुवन साह र अध्यक्षमा लालबाबु मन्सुरी रहेका छन् । पार्टीको कार्यालय सचिवमा रन्जुकुमारी साह र बालकृष्ण सापकोटा रहेका छन् ।

जनसंगठनको इन्चार्ज र अध्यक्षको जिम्मेवारी समेत हेरफेर

बैठकले विभिन्न जनसंगठनको इन्चार्ज र अध्यक्षको जिम्मेवारी समेत हेरफेर गर्ने निर्णय गरेको छ । आईटी आर्मीको इन्चार्जमा त्रिभुवन साह, अध्यक्षमा नरेश तुरहा, आम विद्यार्थी मोर्चाको इन्चार्जमा उमेश कुशवाहा र अध्यक्षमा विवेक साह, आम किसान मोर्चाको इन्चार्जमा श्रीभगवान पटेल र अध्यक्षमा उमाशंकर साह, आम महिला मोर्चाको इन्चार्जमा कुमारी बबिता र अध्यक्षमा रन्जुकुमारी साह छन् ।

आम दलित मोर्चाको इन्चार्जमा रामनाथ माझि, अध्यक्षमा ठागा दास, आम ट्रेड युनियन फेडरेसन नेपाल (मजदुर संघ)को इन्चार्जमा धनकुमारी मगर र अध्यक्षमा शिव थापा, आम मुस्लिम मोर्चाको इन्चार्जमा समिना हुसैन र अध्यक्षमा लालबाबु मन्सुरी, आम सम्पर्क मञ्चको इन्चार्जमा देवेन्द्र ठाकुर र अध्यक्षमा राजेश शर्मा, सुकुम्बासी तथा अव्यवस्थित बसोबास महासंघको इन्चार्जमा राम विष्ट र अध्यक्षमा अमर लिम्बु, आम उधोगवाणिज्य महासंघको इन्चार्जमा श्रीनिवास जयसवाल र अध्यक्षमा साजन जयसवाल, आम शहीद वेपता परिवारको इन्चार्जमा बालकृष्ण सापकोटा र अध्यक्षमा बिजय साह रहेका छन् ।

आम बुद्धिजीवी मोर्चाको इन्चार्जमा उदयचन्द्र प्रसाद र अध्यक्षमा नविन महतो, आम पत्रकार मोर्चाको इन्चार्जमा सुभाष प्रसाद साह र अध्यक्षमा रामशरण यादव, आम सांस्कृतिक मोर्चाको इन्चार्जमा बिजय यादव र अध्यक्षमा दिपलाल यादव, इन्जिनियर एसोसिएशनको इन्चार्जमा सुभाष साह र अध्यक्षमा गोपाल साह, खेलकुद मोर्चाको इन्चार्जमा सियाराम कुशवाहा, सहइन्चार्जमा राजु साह र अध्यक्षमा विश्वराज पटेल, थारु मेर्चाको इन्चार्जमा शोभालाल चौधरी र अध्यक्षमा सरोज चौधरी, आदीवासी जनजाती महासंघको इन्चार्जमा तिलक थापामगर र अध्यक्षमा पसाङ तामाङले जिम्मेवारी पाएका छन् ।

विभागसमेत पुनर्गठन

आजपाले पार्टीका विभिन्न विभागको नेतृत्वसमेत तोकेको छ । स्कुलिङ विभागको प्रमुखमा तिलक थापा मगर, अनुशासन विभागमा आत्माराम साह, संगठन विभागमा त्रिभुवन साह र प्रचारप्रसार विभागमा सुभाष प्रसाद साहलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी विदेश विभागको प्रमुखमा बालकृष्ण सापकोटा र आर्थिक विभागको प्रमुखमा देवकुमारी साहलाई जिम्मेवारी दिइएको छ ।

बैठकका निर्णय सार्वजनिक गर्दै आजपा प्रवक्ता सुभाष साहले पार्टीले वर्तमान राष्ट्रिय संकटको निकासका लागि राजनीतिक तथा संगठनात्मक गतिविधिलाई थप तीव्र बनाउने बताएका छन् । पार्टीले आगामी कार्ययोजना, वैचारिक तथा राजनीतिक कार्यक्रम, संगठनात्मक अभियान र संघर्षका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने निर्णय गरेको छ ।

आजपाको यो बैठकले एकातर्फ पार्टीको आन्तरिक संगठन पुनर्गठन र जिम्मेवारी बाँडफाँट गरेको छ भने अर्कोतर्फ वर्तमान राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको मागलाई राजनीतिक कार्यक्रमका रूपमा अघि बढाउने स्पष्ट संकेत गरेको छ ।

१९ असोज २०८३, सोमवार २१:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु