संबैधानिक इजलासमा सभामुख तर्फको सुरु, अधिवक्ता मेघराज पोखरेल बहस गर्दै
२० असार, काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सभामुख अग्नि प्रसाद सापकोटा पक्षका कानुन व्यवसायीको बहस शुरु भएको छ । अधिवक्ता मेघराज पोखरेलले बहस शुरु गरेका छन् ।
सभामुखको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागी २ घण्टा समय छुट्याइएको छ । अधिवक्ता पोखरेलले १ घण्टा बहस गर्ने बताइएको छ ।
पोखरेलपछि सभामुखको तर्फबाट श्रीकृष्ण सुवेदी, बरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, लव कुमार मैनाली र श्याम खरेलले बहस गर्नेछन् ।
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।
सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस गर्नुहुने बरिष्ठ अधिवक्ताहरुको नाम
श्यामप्रसाद खरेल बरिष्ठ अधिवक्ता
लभकुमार मैनाली बरिष्ठ अधिवक्ता
उपेन्द्रकेशरी न्यौपाने बरिष्ठ अधिवक्ता
मेघराज पोखरेल अधिवक्ता
श्रीकृष्ण सुवेदी
२० असार २०७८, आइतवार ११:५८ बजे प्रकाशित













