आजको मौसम : आंशिकदेखि सामान्य बदली रहने, मध्यम वर्षाको सम्भावना

आज देशभर आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका केही स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।
हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।
२६ जेठ २०७८, बुधवार ०७:२७ बजे प्रकाशित