प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्का, यस्तो छ अंकगणित
२६ वैशाख, काठमाडौं । नेपाली कँंग्रेस, माओवादी केन्द्र र एमालेकै माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि विशेष अधिवेशन सुरु भएको छ ।
प्रधानमन्त्री ओलीको दल एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।
६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निर्णय गरेको छ भने ४९ सांसद भएको माओवादी केन्द्रले हालै मात्र समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई मत दिने छैन । संसदको अंकगणितमा निर्णायक ३२ सांसद भएको जसपा थियो ।
जसपाको बाबुराम भट्टराई(उपेन्द्र यादव पक्षले यसअघि नै ओलीको विपक्षमा उभिने बताएको छ । महन्थ ठाकुर(राजेन्द्र महतो पक्षले पनि मत नदिने बताएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने पक्का भएको छ ।
२७ वैशाख २०७८, सोमवार १३:३१ बजे प्रकाशित












