ललिता निवास प्रकरण : शोभाकान्त ढकाललाई छाड्नेबारे न्यायाधीशको राय बाझियो

२४ वैशाख, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुख्य अभियुक्त शोभाकान्त ढकाललाई रिहा गर्ने वा नगर्ने विषयमा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ ।

विशेष अदालतको आदेशमा थुनामा रहेका ढकालले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भएको थियो ।

जसमा न्यायाधीश खतिवडाले ढकालसँग ३ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिए भने न्यायाधीश भट्टराईले पुर्पक्षका लागि थुनामा राख्ने विशेष अदालतको आदेश नै सदर गरे ।

अब यो मुद्दाको छिनोफानो पूर्ण इजलासबाट हुने भएको छ ।

२४ वैशाख २०७८, शुक्रवार १७:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु