गर्भ नबस्ने समस्या छ ? अपनाउनुहोस् यस्ता घरेलु उपाय

— एक चम्चा नागरकेशरको धुलोमा १ चम्चा घ्यु मिलाई खानाले तथा गाईको दूध सेवन गर्नाले बाँझोपनको समस्या हट्छ ।

— ढाकको पातलाई पिसेर दुधसँग खानाले बाँझोपनको समस्या हट्छ ।

— समुद्री झारलाई पिसेर दहीसँग मिलाई खानाले बाँझोपनको समस्या घट्छ ।

— सुपारी र नागकेशरलाई बराबर मात्रामा मिलाई पिसे दिनको एक चिम्टी धुलो खानाले बाँझोपनको समस्या घट्छ ।

— महिनावारीको समयमा अश्वगन्धा खानाले सन्तान उत्पादन शक्ति बढ्छ ।

— महिनावारी भएको पाँच दिनपछि ४ चम्चा सस्यूँलाई पिसेर बिहान एक चम्चाका दरले पानीसँग खानाले बाँझोपन हट्छ ।

— काफललाई पिसेर त्यही मात्रामा मिश्री मिलाउनुहोस् । नुहाइसकेपछि ६ ग्रामका दरले उक्त औषधी पाँच दिनसम्म सेवन गर्नुहोस् । त्यसपछि यौन सम्पर्क गर्नाले गर्भ रहन सक्छ ।

— नागरदहलाई गाईको घ्यूसँग मिलाई योनीमा लगाउनाले बाँझोपन निको हुन्छ ।

— पिपलको दानालाई सुकाएर पिस्नुहोस् । उक्त दानाको ३ ग्राम धुलो २५० ग्राम गाईको दुधसँग मिलाई खानाले बाँझोपन निको हुन्छ ।

साभार स् ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

२३ वैशाख २०७८, बिहीवार ०७:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु