संसद् पुनर्स्थापना भए नयाँ पार्टी दर्ता गर्ने ओलीको तयारी
ओलीले वडा भन्दा तलसम्म छुट्टै पार्टी संरचना बनाइसकेका छन्
 
			केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताको तयारी गरेका छन् । संसद् पुनर्स्थापना भए नयाँ पार्टी दर्ता गर्ने यो समूहको तयारी अगाडि बढेको हो । संसद पुर्नस्थपना नभएको खण्डमा भने तत्काल कुनै पार्टी दर्ताको काम अगाडि बडढ्ने छैन’ एक नेताले भने ।
संसद पुर्नस्थापना भएको अवस्थामा आफ्ना कार्यकर्ता सुरक्षित गर्न ओलीले तुरुन्तै अर्को पार्टी दर्ता गर्न लागेका हुन् ।
‘‘संसद् पुनर्स्थापना भयो भने तुरुन्तै अर्को पार्टी दर्ता हुन्छ । आफ्ना मान्छेहरु सेक्युर गर्नु त पर्यो’ ती नेताले भने ।
ओली समूहका नेताहरु संसद् पुनर्स्थापना भए अर्को निर्वाचनसम्म पार्टी एकता गर्नुपर्छ भन्न पनि थालेका छन् ।
‘दुई वर्ष लम्बिएर चुनाव हुने हो भने त्यस बेलासम्म पार्टी एकता गर्न सकिन्छ कि भनेर कुरा हुन थालेको छु,’ उनले भने, ‘नत्र अहिलेको आधारमा त विजोक हुन्छ भन्ने परेको छ ।’
ओलीले वडा भन्दा तलसम्म छुट्टै पार्टी संरचना बनाइसकेका छन् ।
५ फागुन २०७७, बुधवार १९:५८ बजे प्रकाशित
 
						 




