प्रहरीले लाठी चार्ज गर्दै  खुलायो  पूर्व- पश्चिम राजमार्ग 

केहि आन्दोलनकारी घाइते

प्रहरीले लाठी चार्ज गर्दै महोत्तरीको बर्दिबासमा आन्दोलनकारीले बन्द गरेको राजमार्ग खुलाएको छ ।

बिहानैदेखि प्रचण्ड – नेपाल पक्षका नेकपाका कार्यकर्ताले पूर्व- पश्चिम राजमार्ग अन्र्तगत महोत्तरीको बर्दिबासमा राजमार्ग बन्द गराएका थिए ।

एसपी, डीएसपी नेतृत्वको टोलीले बल प्रयोग गर्दै राजमार्ग खुलाएको छ ।

प्रहरीले स्कटिङ गरेर गणतव्यतर्फ सवारीसाधन पठाइरहेका छन् ।

बर्दिबास बन्द गराउन नपाइने भन्दै केपी पक्षका कार्यकर्ता र स्थानीयले नाराबाजी गर्दै बन्द सडक खुलाउन प्रहरीलाई दबाब दिएका थिए ।

५ घण्टादेखि राजमार्ग खुलाउन प्रयासरत रहेका प्रहरी टोलीले त्यसपछि लाठी चार्ज गर्दै सडक खुलाएको हो ।

संसद विघटन र संवैधानिक आयोगमा प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक कदमविरुद्ध प्रचण्ड र माधव पक्षका कार्यकर्ताले बर्दिबाससहित देशैभरी आमहड्ताल गरेको छ ।

प्रहरी र आन्दोलनकारी बीच भएको झड्पमा नेकपा प्रदेश २ का सदस्य शंकर महतो, बर्दिबास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडामणी पोखरेल, वडा सदस्यनिरज अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष राजन ढुङ्गानालगायत घाइते भएका छन् ।

उनीहरुको हात, खुट्टा र टाउको चोट लागेको छ । वडा नम्बर ३ काअध्यक्ष ढुङ्गानाको टाउको फुटेको छ ।

बिहानैदेखि आन्दोलनकारीले बर्दिबास बजार, कलकरखाना, शैक्षिक संस्थाहरु बन्द गराएका छन् ।

२२ माघ २०७७, बिहीवार १४:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु