प्रधानमन्त्रीको कुराले हामी प्रभावित हुन्नौं : न्यायाधीश अनिल सिन्हा

प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइ गरिरहको सर्वोच्च अदातलको संवैधानिक इजलासका न्यायाधीशले कसैको भाषणले आफूहरू प्रभावित नहुने बताएका छन्।
न्यायाधीश अनिल कुमार सिन्हालेसंसद विघटनका विषयमा दलहरुले गरिरहेका गतिविधि र प्रधानमन्त्रीको कुनै दवाव साथै प्रधानमन्त्रीको कुरा बाट अदालत प्रभावित नहुने बताएका छन् ।

संसद विघटनविरुद्धको मुद्दामा बुधबारको सुनुवाइमा रिट निवेदकले उठाएको प्रश्नमा न्यायाधीश सिन्हाले बाहिरको कुराले आफूहरु प्रभावित नहुने बताएका हुन् ।

बुधबारको सुनुवाइका क्रममा बहस गरेका रिट निवेदक कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीले भाषणमा संसद पुनर्स्थापना हुन्न भन्दै हिँडेको कुरा इजलासमा राखेका थिए।
‘यो इजलासमा विचाराधीन मुद्दा भएको बेला प्रधानमन्त्रीले पुनर्स्थापनाको भाषण गर्नुले जनमानसमा कस्तो सन्देश जान्छ श्रीमानरु साथै
‘कार्यपालिका प्रमुखले शक्तीपृथकीकरणको सिद्धान्त विपरीत बोल्न हुदैन । उहाँले अदालतको कार्यक्षेत्रमा हस्तक्षेप गरिरहनुभएको छ’ न्यौपानेले भने ।

उनलाई रोक्दै न्यायाधीश सिन्हालेभने, ‘बाहिरको कुराले तपाइँ प्रभावित हुनुहुन्छ र हुनुहुन्न भने हामी पनि हुन्नौं ।’

७ माघ २०७७, बुधवार २१:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु