ओलीलाई देउवाको फोन : अविस्वास प्रस्ताव आए विपक्षमा उभिन्छु, तर …

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको हल्लाका बीच प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीलाई फोन गरेका छन् । र सभापति देउवाले अविस्वास प्रस्ताव आए ओलीको पक्षमा उभिने बचन दिएका छन् । तर, त्यसका लागि उनले शर्त राखेको जनाइएको छ ।

‘अविस्वास प्रस्ताव आए तपाईंलाई साथ दिन्छु तर, मेरा पनि केही कुरा छन त्यसमा तपाईंको साथ चाहिन्छ’ देउवाले ओलीलाई भनेको उद्धृत गर्दै स्रोतले भन्यो । स्रोतका अनुसार देउवाले आफ्नो पार्टीको महाधिवेशनसँग सम्बन्धित विषयमा ओलीले साथ दिए ओलीलाई पनि अविश्वासको प्रस्ताव आए त्यसमा साथ दिने बचन दिएको वालुवाटार स्रोतको दाबी छ ।

कांग्रेस महाधिवेशन पुनः सार्ने तयारी छ ।

फागुनमा गर्ने भनिएको महाधिवेशन भदौमा गर्ने गरी सार्ने तयारी छ । तर, भदौबाट पनि सार्न संवैधानिक अड्चन आइलाग्छ । प्रधानमन्त्री ओली मार्फत नेकपाले पनि यस विषयमा संवैधानिक व्यवस्था परिवर्तन मानेको खण्डमा देउवालाई कांग्रेसको नेतृत्वमा आफू रहने समय थप लम्ब्याउन सकिने विश्वास छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘यसका लागि देउवाले ओलीसँग कुराकानी सुरु गरिसकेका छन् ।’

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देउवाको यो प्रस्ताव मान्दा उनलाई पनि नेकपामा सहज हुने वातावरण देखिन्छ । अहिले नेकपाले चैतमा गर्ने भनेको महाधिवेशन निश्चित छैन, बरु थप अनिश्चित बनेको छ ।

पछिल्लो पटक नेकपामा बढेको विवादका कारण चैतमा नै महाधिवेशन होला भन्ने विश्वासमा नेकपाकै कार्यकर्ता तथा नेता छैनन् । त्यसैले, देउवाले यसलाई अवसरका रुपमा लिन खोजेका छन् । अर्को तर्फ यहि बेला आएको अविश्वासको प्रस्ताव देउवाका लागि थप मौका र अवसर मिलेको रुपमा कतिपयले लिएका छन् ।

‘निर्वाचन आयोगमा राष्ट्रिय दलसम्बन्धी मान्यता जुन छ, त्यसमा अहिले केही हेरफेर गर्न सकियो भने देउवाले आफूलाई थप केही समयका लागि पार्टी नेतृत्वमा हुने आधार देखेका छन्,’ कांग्रेसका ती नेताले भने, ‘यसमा उनी अहिले नेकपाको विश्वास जित्ने दाउमा छन् ।’ कांग्रेस सभापति देउवाले अहिले तत्कालका लागि यो सम्भव नभएमा अर्को रणनीति पनि अगाडि सार्ने योजना बनाएका छन् ।

१४ कात्तिक २०७७, शुक्रवार २०:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु