शिक्षामन्त्री पोखरेलको राजीनामा दिने तयारी

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले राजीनामा दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई हटाउने तयारी गरेको भन्दैै उनले हटाउनु अघि राजीनामा नै दिने तयारी गरेको उच्च स्रोतले बतायो ।

‘हटाउने निश्चित भइसकको छैन । यदि हटाउने निश्चित भयो भने हटाउनुअघि नै उहाँको राजीनामा आउँछ’ पोखरल निकट स्रोतले भन्यो ।

पछिल्लो समय नेकपामा मन्त्रिपरिषद पुर्नगठनको चर्चा र विवाद छ । यहि चर्चा र विवादका बीच शिक्षामन्त्री पोखरेलको राजीनामा दिने तयारी भएको समाचार आएको हो । तर, यस विषयमा स्वमं शिक्षामन्त्री पारेखरेल भने बोल्न तयार भएका छैनन् ।

तीन मन्त्री नहट्ने पक्कापक्की

तर ईश्वर पोखरेल, रामबहादुर थापा बादल र प्रदीप ज्ञवालीलाई कुनै हालतमा पनि बदल्न नहुने अडानमा प्रधानमन्त्री केपी शर्मा ओली रहेको स्रोत बताउँछ ।

नेकपाका कार्यकरी अध्यक्ष पुष्पकमल दाहाल भने बादललाई कुनै पनि हालतमा गृहबाट हटाउनुपर्ने पक्षमा छन् । बरु, गृहबाट हटाएर एक मन्त्रालयसहित उपप्रधानमन्त्री बनाउन सकिने प्रचण्डको भनाइ रहेको बताइन्छ ।

स्रोत भन्छ यो प्रस्तावमा प्रधानमन्त्री राजी छैनन् ।

पूर्वमाओवादी खेमाका टोपबहादुर रायमाझी र प्रभु साहलाई पनि आफ्नो मन्त्रिपरिषद्मा समेट्ने चाहना प्रधानमन्त्रीले राखेको स्रोत बताउँछ ।

२५ असोज २०७७, आइतवार १०:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु