काठमाडौं उपत्यकामा ६७४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ७४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

सोमबार देशभर भने ११ सय ५४ जनामा संक्रमण देखिएको छ ।

देशभरका संक्रमितको आधा भन्दा बढी संख्या भने काठमाडौं उपत्यकाकै रहेका छन् ।

५ असोज २०७७, सोमवार १७:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु