मल नल्याउने कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

सम्झौता बमोजिम युरिया मल नल्याउने दुई ठेकदार कम्पनीलाई कालोसूचीमा राख्न कृषि सामाग्री कम्पनी लिमिटेडले सिफारिस गरेको छ ।

 

शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सिफरिस गरिएको हो ।

सम्झौता गरेर ५० हजार मेट्रिक टन मल नल्याउने दुवै कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कृषि सामाग्री कम्पनी लिमिटेडले पत्राचार गरेको हो ।

 

यस वर्ष साउनमा ल्याउनुपर्ने मल उनीहरुले ल्याउन नसकेपछि उनीहरुसँगको सम्झौता खारेज भएको थियो ।

२९ भदौ २०७७, सोमवार १७:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु