काठमाडौंको सडकमा गुडाउँदै गरेको जहाज गैह्रीधारा मोडमा ठोक्कियो !

काठमाडौंको सडकमा गुडाउँदै गरेको जहाज ग्रह्रीधाररा मोडमा ठोक्किएको छ । तर। सामान्य ठोक्किएको जनाइएको छ ।

साँझ परेको बेला काठमाडौंको एयरपोर्टबाट एउटा जहाज सडकै सडक मुख्य सडकमा निस्किएको थियो ।

काठमाडौंको एयरपोर्टबाट निस्किएको जहाज तिनकुने आइपुगेको थियो । गैह्रीधाररा मोडमा ठोक्किएको जनाएको छ । तर, यो सामान्य ठोकाइए भएको जनाइएको छ ।

गाडी गुड्ने सडकमा जहाज गुडेपछि प्रत्यक्षदर्शीहरु आश्चर्यमा परेका छन् ।

‘यस्तो अहिलेसम्म देखिएको थिएन, के भो आज रु’ स्थानीय सुभाष श्रेष्ठलेफोनमा भने, ‘हामी हेरिरहेका छौं, जहाज तिनकुनेतिरै आइरहेको छ ।’

गाडी कम गुडेको मौका छोपेर एयरपोर्टबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, भद्रकाली, शहीदगेट, जमल हुँदै नारायणहिटी दरवार पुर्याउनका लागि जहाज हिडाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नारायणहिटी दरवारको संग्रहालयमा राख्नका लागि जहाज सडकमा हिडाएको प्रहरीको भनाइ छ ।

विगतमा भीभीआइपी चढ्ने गरेको जहाज सडकबाट गुडाएर नारायणहिटी दरवार लैजाँदै गरेको काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

२७ भदौ २०७७, शनिवार २१:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु