चिया पसल र सार्वजनिक सवारीबाट कोरोना सर्यो !

चिया पसल र सार्वजनिक सवारीबाट समेत कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फेलिन थालेको पाइएको छ ।

पछिल्लो समय सरकारले विर अस्पताललाई पनि कोभिड अस्पताल बनाएको छ । तर, विर अस्पतालकै ७५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

विर अस्पतालका कार्यकारी निर्देशक डा. केदार प्रसाद सेन्च्युरीका अनुसार ती स्वास्थ्यकर्मीलाईलाई चिया पसल र सार्वजनिक सवारीबाट समेत कोरोना भाइरस संक्रमण सरेको अनुमान छ ।

‘कर्मचारीलाईलाई छुट्टै राख्न सकिएको छैन । कोही सार्वजनिक यातायात चढेर आउँछन् । उनीहरुलाई पनि संक्रमण, कसैलाई चिया पसलबाट सर्यो भन्ने छ ।

कोरोना भाइरस समुदाय स्तरमा नै फैलिएका कारण समुदायबाट पपनि सर्ने भएपछि स्वास्थ्यकर्मीहरु असुरक्षित भए’ डा.सेन्च्युरीले भने ।

मंगलबार सिंहदरबारमा प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिद्धारा गठित ‘कोरोना भाइरस कोभिड–१९) को जोखीम रोकथामबारे सरकारले गरेका कामकारबाही अनुगमन उपसमिति’को बैठकमा डा.सेन्च्युरीले यस्तो बताएका हुन् ।

उनका अनुसार विर अस्पतालका ७५ जना कर्मचारीलाई कोरोना पुष्टी भएको छ भने, ८७ जना कन्ट्र्याक ट्रेसिङमा परेर क्वारेन्टिनमा छन् ।

२३ भदौ २०७७, मंगलवार २०:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु