गण्की प्रदेशमा ४० जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परिक्षणमा छ ओटा जिल्लामा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले कास्कीको पोखरा महानगरमा १६ जनासहित प्रदेशका तनहुँ, स्याङजा, बागलुङमा १।१ जना, लमजुङ ३ र नवलपुरमा १७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
निर्देशक डा शर्माका अनुसार पोखरा महानगरका सात ओटा वडाका १र १ महिलासहित १६ जनामा कोरोना संक्रमण देखिएको छ ।
पोखरा महानगरपालिका १० का २३, २४ र २६ वर्षका तीन जना, २७ का १८ र ४७ वर्षीय दुई जना, १४ का २५ वर्षीय, ५ का ५० वर्षीय र ३० का २८ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
यसैगरी पोखरा महानगरपालिका १५ मा २६, ३१, २८, २९ र २६, २९ र २७ वर्षका सात जना नेपाल प्रहरीमा कार्यरत पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।
त्यसैगरी तनहुँको भानुमा ५५ वर्षीया महिला र म्याग्दे गाउँपालिकामा २६ वर्षीया महिलामा संक्रमण भेटिएको छ ।
स्याङजा कालिगण्डकीका २८ वर्षीय पुरुष, बागलुङ ताराखोलाका ४२ वर्षीय पुरुष, लमजुङ मध्येनेपाल का ३९ वर्षीय पुरुष, राइनासका ३१ वर्षीया महिला र ५५ वर्षीय पुरुषमा संक्रमण देखिएको निर्देशक डा शर्माले बताए ।
त्यस्तै नवलपुरमा शुक्रवार बिहान १७ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा देवचुली– ७ का ३५ वर्षीय पुरुष र गैंडाकोट– १ का १८ वर्षीया महिला तथा २६,२६ र ५२ वर्षका तीन पुरुष, ५ का २८ र ५९ वर्षीया दुई महिलामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी सोही ठाउँका २५, २९ र ५७ वर्षीय तीन जना पुरुष, वडा नं ४ का २० वर्षीया महिला, ४२ वर्षीय पुरुष र वडा नं २ का ४५ वर्षीया एक जना महिला तथा ३५, ३६, ४० र ४८ वर्षका चार जना पुरुषमा समेत संक्रमण देखिएको निर्देशनालयले जनाएको छ।
संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पहिचान गरिएको निर्देशक डा शर्माले जानकारी दिए। संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आईसोलेशन लैजाने तयारी भइरहेको उनले बताए ।
योसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ३५२ पुगेको छ ।गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीका छ जना, स्याङ्जाका दुई जना, गोरखा दुई जना, तनहुँ तीन जना तथा म्याग्दी र बागलुङमा १र १ जना रहेका छन् ।गण्डकी प्रदेशमा संक्रमण मुक्त भएर १ हजार ६६५ जना घर फर्किएका छन् ।
१९ भदौ २०७७, शुक्रवार १०:२८ बजे प्रकाशित