आफ्नै दाजु बहिनीले बिबाह गर्न लागेपछि प्रहरीले पक्रियो

सोलुखुम्बुमा आफ्नै दाजु बहिनीले बिबाह गर्न लागेको भन्दै प्रहरीले पक्राउ गरेको छ। बुधबार जिल्लाको महाकुलुङ गाउँपालिकाबाट २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीलाई नियन्त्रणमा लिएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

आफ्नै छोराछोरीले बिबाह गर्न लागेको भन्दै आमाले प्रहरीलाई खबर गरेकी थिइन्।

प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिबाह नै गर्न लागेको बताएका छन्। उनीहरुले बिबाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै यौन सम्पर्क गरेको बताएका छन्।

ऋभलतगचथ mबकबबि
उनीहरुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याईंदैछ। अहिले दुवै जनालाई पक्राउ गरेको र हाडनाता करणीमा मुद्दा चलाउने प्रहरीको तयारी छ। यसअघि स्थानीय स्तरमा समेत छलफल भएको थियो।

१८ भदौ २०७७, बिहीवार १८:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु