कोरोना कहरकाबीच सरकारले दियो १८ जनालाई हिमाल आरोहणको अनुमति
सरकारले हिमाल आरोहणका लागि आउँदो सेप्टेम्बर १५ पछि बहराइनका राजकुमारलाई चार्टर्ड विमानबाट नेपाल आउने अनुमति दिएको छ ।
आइतबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले बहराइनका राजकुमार सलमानसहित १५ जना र तीन जना बेलायती नागरिकलाई चार्टर्ड विमानबाट नेपाल आउन अनुमति दिने निर्णय गरेको हो ।
उनीहरु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी नेपाल आउन र नियमअनुसार लोघुचे र मनास्लु हिमाल आरोहण गर्न पाउने छन् ।
यो हिमाल आरोहणको क्षेत्रमा कोरोना भाइरसको महामारीपछि भएको पहिलो निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थ एवं सूचना तथा सञ्चार मन्त्री डाक्टर युवराज खतिवडाले बताउनुभयो ।
१५ भदौ २०७७, सोमवार २०:२८ बजे प्रकाशित





