५ महिने बालकसहित चितवनमा थप २६ जनामा कोरोना पुष्टी

चितवनमा थप २६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा माडी नगरपालिकाका माडीका ९ जनासहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेहरुमा माडी नगरपालिका–६ र ७ का ५ महिनाको एक शिशुसहित ५ पुरुष र ४ महिला रहेका छन् । उनीहरु क्वारेन्टाइनमा रहेका रहेको जनाइएको छ ।

त्यस्तै रत्ननगर ४, ९ , १२ का १२ जना पुरुष र २ जना महिला गरी १४ जना रहेका छन् । त्यस्तै भरतपुर ७, २२ का एक पुरुष र एक महिला रहेका छन् । त्यस्तै तनहुँका एक पुरुष रहेका छन् ।

१० भदौ २०७७, बुधवार २२:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु