आईसीयूमा कोरोना बिरामी बढे, शुक्रबार थपिए ८३८ संक्रमित
नेपालमा फेरि ८३८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९२ महिला र ५४६ पुरुष गरी उक्त संख्यामा संक्रमित थपिएका हुन्।
गत २४ घण्टामा २५० जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए। योसँगै १८ हजार २ सय १४ जना डिस्चार्ज भई घर फर्किएका हुन्। ५ लाख ७९ हजार ८ सय ९९ जनामा अहिलेसम्म पीसीआर परीक्षण गरिएको उनले बताए।
यसैबीच, पछिल्ला केही दिनयता आईसीयूमा उपचार गर्नेहरु बढेको उनले जानकारी दिए। हालसम्म १३३ जना आईसीयूमा छन् भने भेन्टिलेटरमा वागमती प्रदेशका १५ जनाको उपचार भइरहेको छ।
५ भदौ २०७७, शुक्रवार १७:०५ बजे प्रकाशित





