विप्लव समूहकी नेता उमा भुजेल फेरि पक्राउ

नेत्र विक्रम चन्द ९विप्लव० नेतृत्वको प्रतिबन्धित नेकपाकी नेत्री उमा भुजेल फेरि पक्राउ परेकी छन् ।

४१ वर्षीया भुजेलसहित अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले उनीहरुविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको छ । भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको प्रहरीको आरोप छ ।

अन्तरिम व्यवस्थापिकामा विधायकसमेत बनेकी नेता भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले मङ्गलबार मात्रै साधारण तारखेमा रिहा गरेको थियो ।

यसअघि पनि भुजेललाई विभिन्न ठाउँबाट पक्राउ गरेर प्रहरीले अड्डासार गर्ने गरेको थियो ।

४ भदौ २०७७, बिहीवार १७:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु