राष्ट्रिय झण्डा जलाउनेमाथि ‘राज्यबिरुद्धको कसुर

५ वर्ष कैद र ५० हजार जरिवाना हुने

राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने समूहलाई प्रहरीले ‘राज्यविरुद्धको कसुर’ गरेको मुद्दा लगाएको छ ।

झण्डा जलाउने समूहलाई राज्य बिरुद्धको कसुर मुद्दामा म्याद लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

गायक ग्याल्जेन दोर्जे तामाङसहित १० जनालाई प्रहरीले बुधबार पक्रेको थियो । बुधवार साँझ महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरबाट शान्तबहादुर योन्जनलाई नियन्त्रणमा लिएरपछि पक्राउ संख्या १० पुगेको हो ।

सो समूहले मकवानपुरमा सुटिङ गरेको म्यूजिक भिडियोमा ब्राम्हण र क्षेत्री समुदायलाई घृणा फैलाउने अश्लिल गाली गरिएको छ ।

मुलुकी अपराधसंहिता–०७४ को भाग २ परिच्छेद अनुसार सरकारको कामकारवाहीबारे घृणा, द्वेष फैलाएका वा अपहेलना गरे गराएमा ३ वर्ष कैद र ३० हजार जरिवाना हुन्छ ।

कसैले सार्वभौमिक अखण्डता, बर्गिय, जातिय, क्षेत्रीय, धार्मिक वा सांप्रदायिक दंगा भड्काउने काम गरे ५ वर्ष कैद र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था छ ।

मुलुकी अपराधसंहिता अन्तर्गको दुवै कसुरमा उनीहरुमाथि कारवाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

‘देशद्रोही’ शीर्षकको सो भिडीयो सोमबार ‘मंगोल हप अफिसियल’ नामका युट्युव च्यानलबाट अपलोड गरिएपछि विवादमा परेको थियो ।

४ भदौ २०७७, बिहीवार ०९:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु