कोरोना बिद्रोह र बरालिएको सरकारका विद्यमान चुनौतीहरु

महामारी तथा दैबिक प्रकोप मानवीय कल्पना र नियन्त्रण बाहिरका बिषयहरु हुन् । मानिस पनि प्रकृति भित्रकै सचेत र सर्बश्रेष्ठ प्राणी हो ।
तर कुनैपनी घटनाका पुर्व सूचना प्राप्त गर्ने क्षमता भने हुँदैन । केही प्रतिभावान तथा क्षमतावान युग पुरुषहरु छन, तिनले भने सम्भावना र जोखिमको बिषयमा आवाजहरु उठाउदै आएको पाइन्छन् ।
यतिबेला बिश्व भरि छरिएर बसेका मानव जाती नै नयाँ महामारीको चपेटामा पिल्सिएको छ । कोरोना नामको भाइरससँग लडिरहेका छन । मानवीय व्यबहारको कारण एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलैसँग सर्ने क्षमता भएको उक्त भाइरसले झन्डै लाखौं भन्दा धेरैको ज्यान लिईसकेको छ,भने करोडौं मानिस उक्त रोगबाट संक्रमित छन । यो अबस्थामा विश्वका धेरै जसो मुलुक लकडाउनकै अबस्थामा छन् । यसले विश्व अर्थतन्त्रमाथी गम्भीर चोट पुगेको छ ।
अविकसित तथा अल्पविकसित मुलुकहरू भन्दा ठुलो रुप लिएको विकसित मुलुकहरु उक्त भाइरसबाट आजित जस्तै बनिसके ।स्पेनकी राजकुमारी मारिया टेरेसादेखि भारतका पुर्ब रास्ट्रपति प्रणम मुखर्जी सम्मलाई समेत उक्त भाइरसले छाडेन अन्ततःमृत्युको कारण समेत कोभिड १९ बन्न पुग्यो । यसले हाल सम्म कुनै यथेष्ट ठोस स्वरुप दिन सकेको छैन ।
कहिले सम्म महामारीको रुप लिईरहने हो र कहिले अन्त्य हुन्छ भन्ने स्पष्ट अवधारणा बैज्ञानिक सम्मले औल्याउन सकिरहेका छैनन् । झन्डै दश महिना लामो कोभिडको त्रास र बिद्यमान अप्ठ्याराको बिचमा हाम्रो लगायत थुप्रै मुलुकमा रोगको गती बढिरहेको भएपनि,स्थितीलाई सामान्यकरण तिर लैजान खोजिरहेका छन ।
तर त्यति सजिलै सहज हुने अवस्था छैन । विभिन्न मुलुकले यसको भ्याक्सिनको अभ्यास गरिरहेका छन् । चीन बेलायत अमेरिका लगायतका मुलुकले भ्याक्सिन बनाएको दाबी गरेपनि विश्व स्वास्थ संगठनले आधिकारिकता दिईसकेको छैन ।
विश्व महामारीको यो परिप्रेक्ष्यमा, हाम्रो देश फेरिअर्को भुमरीमा फसिरहेको छ । लाखौं रोगजार युवाहरु बेरोजगारी बन्न पुगेका छन् । संचालन भएका सयौं निजी क्षेत्रका उद्योग तथा कलकारखानाहरु ठप्प छन् । मुलुक धानेको रेमिट्यान्सको ढोका बन्द छन् । यी र यस्ता थुप्रै समस्या र अप्ठ्याराको बिचमा हामी छौं ।
“राजनीतिक परिवर्तनको निम्ति थुप्रै समय र जनशक्तिको हिस्सा खर्च गरेर,यो बिकाससिल मुलुकको द्वारमा आइपुग्न नपाउदै भुकम्प र कोरोनाको महामारीमा थिचिन पर्नु हाम्रो दुर्भाग्य हो ।
समयको रफ्तारलाई समातेर एउटा युगिन इतिहासले समृद्ध यात्राको मुलद्वारसम्म आइपुग्दा सम्म देशलाई कोल्टे फेराउने नेपाली जनताको महान अभिलाषालाई प्राकृतिक प्रकोप र महामारीले ठग्नु हाम्रो लागि दुर्भाग्य बन्न पुग्यो ।
०७२ सालले हामीलाई अस्तब्यस्त बनाएर पछाडी धकेलेर केही उठ्न खोज्दै थियौं पुनः कोरोना महामारीको गम्भीर संकटको भुमरीमा फस्दैछौं । यो महामारीसँग लड्न जनता पुर्ण रुपमा छन् । यो सँगै हाम्रा सम्भावना र चुनौतीलाई आत्मसात गर्दै अगाडि बढ्ने विषयमा सरकार तयार बन्न नसक्नु विषय भने दुःखद हो ।
“सजिलो बाटो हिडिरहेको सरकार,आपतकालिन परिस्थितिमा अलमलमा मात्र पर्नु काँचोपनको पराकाष्ठा हो“
मुलुकमा आउनसक्ने सम्भाब्य असन्तुलन र उतारचढाबलाई सजिलैसँग उपयुक्त बाटोमा हिंडाउने कर्तव्य सरकारको हो । राज्यका सबै निकायलाई परिचालन गर्दै तत्कालीन र दीर्घकालीन योजना बनाइ अगाडि बढाउने दायित्वबाट सरकार अलमलमा परेको देखिन्छ ।
राज्य संञ्चालनको गलत कार्यलाई औंला उठाउने प्रतिपक्षीकोसमेत पुर्ण साथ र सहयोग बोकेको यो घडीमा, के गर्ने र के नगर्ने भन्ने निर्णय समेत लिन नसक्नुले आम जनतालाई असहज परिस्थितिको भान ब्यहोर्नुपरेको छ । हतार र उत्तेजित निर्णयले जनतामा छिट्टै दोधारे मानसिकता उब्जाउनु सरकारको पुर्ण गैरजिम्मेवारीपन हो ।
सुरुवातको झन्डै तीन हप्ते सरकारको लकडकाउन प्रतिपक्षी समेतको सल्लाह सुझाव र सहयोगमा रोगलाई नियन्त्रण गर्ने महत्त्वपूर्ण कारण बन्यो । तर यसको बिचमा सरकार काम भन्दा धेरै एकपछी अर्को बिषयमा बिबादास्पद बन्यो । महामारीको बिचमा स्वास्थ सामाग्री खरिद प्रक्रिया देखि क्वारेन्टाईन आइसोलेसन निर्माण सम्ममा सरकारको भ्रष्ट नीति र कर्मबाट आम जनमानसमा नैरास्यता उत्पन्न भएको छ।
सिङ्गो लोकतान्त्रिक अभ्यास माथी संका उत्पादन गराएको छ । सरकारको साख घट्दो छ । जनताको भावनामाथि ठेस पुगेको छ ।
(बिरोधाभाषि मनस्थिति बाट ग्रस्त राजनीतिक दललाई ,कोरोना भाइरलले जन्माएको राष्ट्रिय सहमतिको भरपुर लाभ प्राप्त गरेको सरकार पुनः हिड्नुर्ने बाटो बाट चुकिरहेको देखिन्छ ।)
प्रकोप सगै सम्भावना र विषम परिस्थितिमा आबस्यक पर्ने अबसर को खोजी गर्नुपर्ने यो घडीमा हतारमा निर्णय गर्ने, फुर्सदमा पछुतो मान्ने लघुताबास बाट सरकार मुक्त हुन सकेन।सरकारले तीन किसिमको योजना बनाउनु पर्ने हो ।
कोरोनासँग लड्ने तत्कालीन योजना, भबिस्यमा जन्मनसक्ने दीर्घकालीन योजना
“राष्ट्रिय समृद्धिको यात्रामा आएको गतिरोध पन्छ्याउदै निरन्तर अगाडि बड्ने ध्येय बाट किमार्थ पछाडि हट्नु हुँदैन यो तत्कालीन अपरिहार्यता हो“
मुलुक सधै लकडाउनमा बसिरहन सक्दैन,तत्कालको लागि गरिएको देशको विभिन्न सहर र जिल्लामा गरिएको लकडाउन लाई खुकुलो पार्दै,भबिस्यमा आउनसक्ने सम्भाबित,जोखिम बाट बच्ने रणनीति बनाउनु पहिलो आबस्यकता हो।त्यो सगै मुलुकभित्र संचालन भएका खरबौ लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना हरु अलपत्र छन । तिनको ब्यबस्थापन गर्ने तथा निर्माण कार्य अगाडी बढाउने विषयमा सरकार आफैं प्रष्ट छैन ।
आलोचना बाट मुक्त हुने उदेश्य ले यस्ता निर्माणका कामलाई चौबीसै घण्टा संचालन गर्नुपछ, भन्नू तर सरकार आफैं प्रतिपक्षी जस्तो भुमिकामा बस्नु निन्दनीय कुरा हो । आबस्यक कच्चापदार्थ ब्यबस्थापन ,संचालन गर्नुपर्ने ठुला उद्योग,कलाकारखाना तथा जनशक्ति ब्यबस्थापनको विषयमा दुरदर्शिता नहुनु तथा स्पष्ट रणनीति बनाउन नसक्नुले मुलुकको बिकास लाई अन्योल माथी अन्योल मात्र थपिएको देखिन्छ ।
अर्कातिर लाखौं युवाहरु बिदेशी भुमिका ब्यबहारिस्य अबस्थामा गुज्रिरहेका छन।बिश्वका सबै भुमिहरु यतिबेला कोरोनाको उच्च जोखिममा भएको बेला,आफ्ना देशका नागरिक लाई सुरक्षा दिने जिम्मेवारीता को बोध लाई सरकारले, बोझको रुपमा लिनु खेदपुर्ण बिषय हो ।
झन्डै सय भन्दा धेरै मुलुकमा चालीस लाख भन्दा धेरै युवाहरू यतिबेला आफ्नो देश बाहिर कोरोना सँग जुधिरहेका छन । त्यिनको उचित ब्यबस्थापन गर्दै, गरि बिदेशी भुमिमा आँसु पियिरहेका नेपालीको आँसु पुस्ने कर्तव्यबोध बाट सरकार च्युत हुनु हुदैन ।
यावत समस्या र चुनौतीको बिचमा मुलुकलाई अवनतिको गतिमा धकेल्ने,कर्म गरिरहेको स्पष्ट बहुमत प्राप्त दल र ले मुलुक संचालन गर्ने पद्धति,समस्या सँग जुध्ने ताकत शक्ति र क्षमता नहुनुकै मुख्य कारण देशका आम नागरिकले दुःख झेलिरहेको कुरामा दुईमत छैन ।
(प्रतिनिधि सभा सदस्य बहादुर सिंह लामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन ।)
२३ भदौ २०७७, मंगलवार २२:३१ बजे प्रकाशित