गत वर्ष झापामा ५ हजार नागरिकता वितरण

७ साउन, झापा । झापाको दमकस्थित इलाका प्रशासन कार्यालयले अघिल्ला वर्षभन्दा गत वर्ष करीब दोब्बर नागरिकता वितरण गरेको छ । कार्यालयका अधिकृत सूर्यमान बानियाँका अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्ष २०७७/७८ को अवधिमा दुई हजार ४६२ बढी नयाँ नागरिकता वितरण गरिएको छ ।
कार्यालयको तथ्याङ्कमा २०७७/७८ मा पाँच हजार ५७३ नयाँ नागरिकता वितरण गरेको थियो भने २०७६/७७ मा तीन हजार १११ नयाँ नागरिकता वितरण गरिएको उल्लेख छ ।
आव २०७७/७८ को अवधिमा वैवाहिक अङ्गीकृत ३०, प्रतिलिपी चार हजार ८७१ र नाबालक परिचयपत्र ८३ जारी गरिएको अधिकृत बानियाँले जानकारी दिए ।
सोही अवधिमा राहदानी नियमिततर्फ दुई हजार २९१, द्रुत सेवा ६१८, ठाडो उजूरी ६६, सङ्घ संस्थान विकरण १५८ र चार हातहतियार इजाजत वितरण गरिएको उल्लेख छ ।
७ साउन २०७८, बिहीवार १३:०६ बजे प्रकाशित