विवाहको अनुभूति छैन : खुसी दम्पतीको कथा
रेमु थापा
नवलपरासी, पर्वतबाट नवलपरासी झरेको पनि ४६ वर्ष भई सक्यो तोयानाथ भुसाल र मनरूपा भुसालको । पर्वतबाट वि.सं.२०२८ सालमा नवलपरासीको कावासोती विष्णुनगर बस्दै आएका यी दम्पतीको दुई छोरा र एक छोरी छन् ।
खेतमा काम गर्दा गर्दै खेतको डिलमा जन्मिएकी एउटी छोरी जो जन्मेको पाँच दिनमै मृत्यु भएको सुनाउँदै गर्दा त्यो दिन सम्झेर मनरूपाले आँखाबाट नदेखिदो आँशु खसाइन् । दुई छोरा र एक छोरीलाई पढाइ लेखाइ गरियो अहिले सबै आफ्नो खुट्टामा उभिन सक्ने भएका छन् । घर गरेका छन् । त्यो देखेसी हामीलाई खुशी लागेको छ, तोयानाथले सुनाए । ठूलो छोरा अर्को घर बनाएर आफ्नो परिवारसंग बसेको छ, हामी चाहिँ कान्छा छोरासंग बसेका छाैँ, मनरूपाले सुनाइन् । ठूलो छोराको दुई सन्तान छ भने सानो छोराको पनि दुई सन्तान छ र छोरीको पनि दुई सन्तानै भएको मनरूपा सुनाउँछिन् । छोराहरू रोजगारीको लागि विदेश भएकाले छोरी हुमकला भुसाल पोख्रेलले हाम्रो रेखदेख गरेको यी दम्पती सुनाउँछन् ।
छोरी हुमकालाको घर पनि नजिकै भएकोले आफ्नो घर परिवारसंगै माइतीमा पनि काम पर्दा सहयोग गर्दै आएको सुनाए । हुमकला भुसाल पोख्रेल मिलिजुली महिला सशक्तिकरण नेपालको अध्यक्ष, साकोसको उपाध्यक्ष, मिलिजुली महिला बहुउद्धेश्यको सल्लाहाकार, शिवमन्दिर महिला बहुउद्धेश्यको सदस्यलगायत अन्य धेरै संघ संस्थाहरूमा आवद्ध भई समाजमा आफ्नो राम्रो पहिचान राखेकोले पनि तोयानाथ र मनरूपालाई हुमकला जस्तो छोरी पाएर आफुहरूलाई गर्व लागेको बताए ।
तोयानाथ ११ वर्षको हँँदा मनरूपा १२ वर्षकी थिन् र यिनीहरूको विवाह बाल्यकालमै भएकोले विवाहको अनुभूति भएन । विवाहको लागि सबै चाँजोपाँजो मिलाइसकेको र बाजा बजाएर जन्ती आएको थाहा पाउँछु तर विवाह कसरी भयो आफुहरूलाई थाहै नभएको दुवै दम्पति बताउँछन् । ६ जना भाइ बहीनीहरूको जेठो दाइ तोयानाथले कान्छी बहिनी २१ दिनकी हँुदा आमाको मृत्यू भएकोले त्यो दिन सम्झँदा मन साह्रै दुखेर आउने सुनाए । मनरूपा जव विवाह गरेर तोयानाथको घरमा आइन् त्यस दिन देखि सासु ससुरा, नन्द देवरहरूको स्याहार सुसारमा लागेकोले पनि घरको र खेतकोे काममै जीवन बितेको सुनाउँछिन् । अहिले नाती नातिनासंगै बसेर दिन बिताएकी छन् मनरूपाले । दुईचार दिन घरबाट कतै गए भने पनि नाती नातीनाको एकदम न्यास्रो लाग्ने हुँदा घर आई हाल्छु भन्छिन् मनरूपा ।
त्यो बेलामा छोरीले पढ्न हुन्न भन्थे र मैले पढ्न पाइन । मनरूपाले गुनासो गर्छिन् भने पढ्नको लागि विन्द्रावन, हरिव्दार गएको र पढाइ पुरा नहुँदै आमाको मृत्यू भएर घर फर्कन परेपछि थप पढ्न नपाएको तोयानाथ सुनाउँछन् । तेयानाथ शास्त्री पढेकोले पण्डितको काम पनि गर्ने र देवघाटमा दुर्गा पञ्चायत मन्दिरको स्थापना गरेको बताए । पिठौलीको मन्दिर यस्तै विभिन्न मन्दिरहरूमा सहयोग गर्दै आएको सुनाउने तोयानाथले डेड वर्ष १८ पुराण, १०८ अखण्ड सप्ताह गरेर पनि दान दक्षिणा आफुले नलिएर मन्दिरकै नाउमा दान गरेको पनि सुनाए ।
अहिले तोयानाथ ७४ वर्ष पुगेका छन् भने मनरूपा ७५ वर्ष पुगेकी छन् । पहाडको जीवन निकै कष्टकर भएको सुनाउँछिन् मनरूपा । घाँस दाउरा गर्न जंगल जान्थ्यौँ, रातभरी निदाउन पाउँथेनौँ, विहानै उठेर डोको बोकेर जंगल जाँदा डोको भित्रै पसेर सुत्थ्यौँ, कैलेकाहिँ त भुसुक्कै निदाउँदा त झस्याङ्गै भएर उठ्थ्याँै मनरूपाले सुनाइन् । पहाडको बाटो खरैखरको साँघुरो बाटोमा हिँड्न निकै दुख हुन्थ्यो मनरूपा सुनाउँछन् । ढिकीजातोमा मकै,कोदो पिस्नु पर्ने हुँदा धेरै दुखको जीवन बिताएको मनरूपा सुनाउँछिन् । घाँस दाउरा गर्दा, ढिकीजातो गर्दा हातखुट्टा च्याँप्ने काट्ने हुन्थ्यो अस्पताल थिएन ।
झारपात मिचेर लगाउँथ्यौँ काम गथ्र्यौं सन्चो हुन्थ्यो । मनरूपा सुनाउँछिन् । बैद्यकोमा लान्थे । घरहरू पनि सानो सानो झुपडी हुन्थ्यो त्यो पनि दुइटा कान्लामुनी दुई कान्ला माथि हुने बताउँछिन् मनरूपा । विमारी भयो भने झारफुक गर्ने, झार उखेलेर खुलाउँथे सन्चो पनि हुन्थ्यौँ मनरूपा सुनाउँछिन् । पहाडमा पनि धेरै दुख गरियो २८ सालमा मधेस आएपछि पनि धेरै नै दुःख गरियो दम्पती सुनाउँछन् । त्यो बेलामा पाँच मोहर पाथी धान आउँथ्यो । जंगलको बाटो बोकेर ल्याउनु पथ्र्यो मनरूपा भन्छिन् भने तोयानाथ पनि हल गोरु लगाएर आफैले खेत जोत्थ्याैँ भन्दै सुनाए । पहिलेको त्यो दिन सम्झँदा त अलिहे जुनी फेरिएको जस्तो लाग्छ मनरूपालाई ।
बाल्यकालमै विवाह भयो, विहानै ३–४ बजे नै उठेर काम गर्नुपथ्र्याे त्यै पनि साथीहरूसंग । त्यो जमानामा लुकामारी खेल्ने, बारीमा माटोको डल्ला बनाएर खेल्ने, राम्री पाई भन्नी खेल्ने, सिन्का तानेर डुम बाजी खेल्ने गथ्र्यौं मनरूपा बाल्यकालमा खेलेको सुनाउँदै मुसुमुसु मुस्कुराइन् । हामी सानै थियाँै विवाह गर्दा । त्यसैले गर्दा पनि हामी घुम्न भनेर कतै नगएको मनरूपा सुनाउँछिन् । विवाह गरेको १०÷११ बर्ष सम्म त बोलचाल नै नभएको, बोलचाल नभएकोले पनि होला तोयानाथ रिसाहा लाग्ने गरेको मनरूपाले सुनाइन् । बन्धनमै परेको जस्तो लाग्थ्यो मनरूपाले गुनासो पोखिन् । झगडा नभए पनि धोएर ल्याएको कपडा फालदीने गर्नुहुन्थ्यो उहाँले भन्दै छड्के आँखाले श्रीमान्लाई हेर्दै मनको कुरा राखिन् मनरूपाले । तर अहिले त रिसाउनु हुन्न कुरा बुझ्नु हुन्छ, बुझेरै माया गरेरै यति लामो जीवन संगै कटाइयो भन्छीन् मनरूपा ।
एकआपसमा मिलेर, झगडा नगरी, एक अर्काको कुरा बुझी अगाडि बढ्न सक्नु नै परिवारमा खुशी छाउनु हो । तोयानाथ र मनरूपाको एउटै भनाइ थियो । तोयानाथले पण्डीतको काम गर्छन् । आजसम्म आउँदा मनरूपाले आफ्नो हर काममा साथ र सहयोग गरी आएकोले पनि तोयानाथ निकै खुशी छन् । मनरूपाकै माया र साथले आफु अगाडि बढेको सुनाए । जीवन सपना जस्तै लागेको तोयानाथले सुनाए भने मनरूपा पनि तोयानाथको कामको सम्मान गर्छिन् । तोयानाथको हर कुरा काममा सहमती जनाउँछिन् । आफुले घर खर्च चलाउँदा पनि धेरै विचार गरी, आफुहरूले सक्ने र पुग्ने खर्च गरी सन्तुस्ट रहेको सुनाइन् । (
बाट साभार)२० असार २०७७, शनिवार ०३:२९ बजे प्रकाशित