भीम रावल र सुवास नेम्वाङको नेतृत्वमा कार्यदल गठन ( कार्यदलका सदस्य नामावली सहित)
नेकपा (एमाले) भित्रको विवाद समाधानका लागि कार्यदल बनाइएको छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको छलफलपछि नेताहरु सुवास नेम्वाङ र भीम रावलको नेतृत्वमा कार्यदलको टुंगो लगाइएको हो ।
कार्यदलमा दुवै पक्षबाट पाँच–पाँचजन सदस्य रहेका छन् । उक्त कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् ।
त्यस्तै, नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका नेता नेपालले जानकारी दिए ।
कार्यदललाई तीन दिनभित्र काम सक्न निर्देशन दिइएको छ ।
२ जेठ २०७८, आइतवार १५:३५ बजे प्रकाशित













