मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले भने- निषेधाज्ञा कर्फ्यूभन्दा कडा होस्

मंगलबार मन्त्रिपरिाषदको बैठक थियो । काठमाडौं उपत्यकामा जारी निधेषज्ञाबारे पनि थोरै समय छलफल भयो ।

त्यसक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलतर्फ हेर्दै निधेषाज्ञा कस्तो छ ? भनेर सोधेका एक् मन्त्रीले जानकारी दिए ।

ति मन्त्रीका अनुसार पोखरेलले निधेषाज्ञा लकडाउन भनदा कडा भएको बताए । प्रधानमन्त्री ओलीले थपे, ‘कर्फ्यूभन्दा कडा होस् ।’

निषेधाज्ञा बुधबारसम्म मात्रै थियो । तर, बुधबार नै काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाको समय एक साता बढाएको छ ।

निर्णय अनुसार काठमाडौं उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा कायम रहनेछ ।

‘काठमाडौंमा एक साताका लागि अहिलेको भन्दा कडाइसाथ निषेधाज्ञाको समय बढाइएको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘अत्यावश्यक सेवा तथा वस्तुमा बाहेक पहिलेको भन्दा कडा तरिकाले निषेधाज्ञा कार्यान्वयन गर्ने निर्णय भएको छ।’

मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित स्थानीय तह, उद्योग वाणिज्य, स्वास्थ्यकर्मीलगायतको सर्वपक्षीय बैठक बसेको थियो। उक्त बैठकमा निषेधाज्ञालाई बढाउँदै जानुपर्ने राय सुझाव पेश भएको थियो।

‘सबै पक्षबाट निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने राय आएपछि हामीले समय थप्यौं,’ दाहालले भने।

निषेधाज्ञामा पहिलेको जस्तै अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य चिजहरूलाई सहज गरिने छ। खाद्यान्न, तरकारी, दुग्धजन्य पसलहरू सवा ९ बजेसम्म खुल्नेछन्।

सरकारी गाडी, एम्बुलेन्स, कार्डबाहक सवारीसाधनहरूलाई रोकिने छैन।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि प्रशासनले भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो।

१० भदौ २०७७, बुधवार १७:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु