बरु हार्ने तर सभापतिको उम्मेदवारीबाट पौडेल पछि नहट्ने !
झापा, ९ माघ । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति रामचन्द्र पौडेलले आफू सभापतिको उम्मेदवारीबाट पछि नहट्ने बताए ।
नेपाली काँग्रेस झापाद्वारा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नयाँ योजना र कार्यक्रमकासाथ पार्टीलाई अघि बढाउन आफूले सभापति पदमा उम्मेदवारी दिने बताए ।
अर्को प्रसङ्गमा उनले लोकतन्त्रमा प्रमुख पार्टी र दोस्रो पार्टी मिलेर सत्ता गठबन्धन गर्नुभन्दा लोकतान्त्रिक अभ्यासअन्तर्गत सत्ता र प्रमुख प्रतिपक्षको भूमिकामा रहनु नै उत्तम हुने ठानेर काँग्रेसले स्वच्छ प्रतिस्पर्धाको राजनीति रोजेको पनि बताए ।
८ माघ २०७२, शुक्रवार १८:५८ बजे प्रकाशित
![a}7sdf ;xefuL x'Fb} g]sf pk;efklt /fdrGb| kf}8]n k|d'v /fhgLlts bn g]kfnL sfFu|];, g]skf Pdfn], Pg]skf dfcf]jfbL / dw];L df]rf{aLr cfOtaf/ l;+xb/af/l:yt Joj:yflksf;+;b ;lrjfno kl/;/df ePsf] a}7sdf ;xefuL x'g] qmddf g]sf pk;efklt /fdrGb| kf}8]n . tl:a/ M /Tg >]i7, /f;;](http://janadeshkhabar.com/wp-content/uploads/2015/11/1447589379616_RS-KTM-morcha-3-dal-meeting-4-293x300.jpg)





