काठमाडौँका ४९५ सहित उपत्यकामा एकैदिन थपिए ५७२ कोरोना संक्रमित
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ५७२ जना संक्रमित थपिएको बताए। प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ४९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जनामा कोरोना पुष्टि भएको हो।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed